logo

साढे सात लाख पुगे सेयरबजारका लगानीकर्ता

    2043   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार- हितग्राही खाता प्राथमिक निष्काशनमा अनिवार्य भएपछि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या हवात्तै बढेको छ । चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण अनुसार एकबर्षको अवधिमा हितग्राही खाता खोल्नेको संख्या झण्डै दोब्बर बढेको छ ।

 आर्थिक सर्वेक्षण अनुसार ०७३ माघसम्ममा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ६० पुगेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्रै ३ लाख ५४ हजार ३ सय १ जनाले हितग्राही खोलेका छन् । गत आर्थिक वर्ष ३ लाख ९२ हजार ३ सय ५९ जनाले यस्तो खाता खोलेका थिए ।

 ०७२ साल माघदेखि नेपाल धितोपत्र बोर्डले हितग्राही खाताको व्यवस्था गरेको थियो । ०७३ श्रावणदेखि उपत्यकामा र ०७३ माघदेखि देशभर सेयर आवेदनमा हितग्राही खाता अनिवार्य गरिएको थियो ।

आर्थिक सर्वेक्षणका अनुसार हालसम्म १ अर्ब ६८ करोड ५७ लाख ८४ हजार ३ सय ९८ कित्ता सेयर डिम्याट अर्थात अभौतिकिकरण भइसकेको छ ।

चालू आर्थिक वर्षको ८ महिनामै ७५ करोड ५३ लाख ८४ हजार ७ सय ४३ कित्ता सेयर अभौतिक भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९३ करोड ३ लाख ९९ हजार ६ सय ५५ कित्ता सेयर अभौतिक भएका थिए ।

गत वर्षको तुलनामा चालू आवको ८ महिनामा अभौतिक भएको सेयरको संख्या ८१.१९ प्रतिशतले बढी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।