logo

साताको पहिलो दिन नेप्से सुचक ८.५७ अंकले घट्यो, कारोबार रकम भने १४ करोड २४ लाख रुपैयाँले बढ्यो

    1141   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ८.५७ अंकले घटेको छ । कारोबारमा आएका ११ उप सूचकमध्ये ब्यापार बाहेक बाँकी सबै १० वटै उपसूचक ऋणात्मक बन्दा नेप्से झण्डै दोहोरो अंकले घटेर ११५३.०६ अंकमा झरेको छ । कारोबार सुरु भएदेखि नै ओरालो यात्रा समातेको आइतबारको नेप्से सूचक निरन्तर आरोलो लागेर बन्द भएको हो । कारोबारमा आएका उप सूचकमध्ये व्यापार २.८७ अंकले सकारात्मक बनेको छ भने निर्जीबन र जीबन दुबै बीमाका सूचक धेरै अंकले घटेका छन् ।

आइतबार १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । गत बिहीबारको तुलनामा कारोबार रकम भने १४ करोड २४ लाख रुपैयाँले बढेको हो । बिहीबार १६८ कम्पनीका ९ लाख ७ हजार कित्ता शेयर २७ करोड ३३ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

घट्दो बजारमा माछापुच्छ्रै बैंकको संस्थापक उच्च कारोबार भएको छ । बैंकको पाँच लाख २२ हजार ५५ कित्ता शेयर ११३ रुपैयाँका दरले खरिद बिक्री हुँदा ५ करोड ९३ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै दोस्रो ठूलो कारोबार नेपाल टेलिकमको भएको छ । टेलिकमको ३ करोड ५५ लाख बराबरको कारोबार भयो । अपर तामाकोशी हाइड्रोपावरको २ करोड ५० लाख, नबिल बैंक संस्थापक दुई करोड ४६ लाख, छिमेक लघुवित्त एक करोड ४७ लाख, नेपाल बैंक एक करोड ३९ लाख, एनएबि बैंक एक करोड ३४ लाख, नागरिक लगानी कोष एक करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक एक करोड १३ लाख र प्रभु बैंकको ९२ लाख ८० हजारको शेयर खरिद बिक्री भएको छ ।

घट्दो बजारमा पनि यसदिन १६९ कम्पनीको शेयर कारोबारमा आएकोमा २७ कम्पनीका शेयरधनीले भने आइतबारको बजारबाट कमाएका छन् । गत आवको पुस मसान्तको तुलनामा करिब दोब्बर नाफा कमाएको विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता ७०५ रुपैयाँ पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्त, सूर्योदय, कालिका लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, विशाल बजार कम्पनी, तिनाउ विकास बैंकको शेयरमूल्य करिब २ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावर, हाथवे र जेविल्स् फाइनान्सको शेयरमूल्य पनि १.५० प्रतिशत माथि उक्लेको छ ।उता सानिमा इक्वीटी फण्डका इकाइधनीले आइतबारको बजारमा सबैभन्दा धेरै गुमाएका छन् । फण्डको ३.७९ प्रतिशतले घटेर ८ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

आरम्भ माइक्रोफाइनान्सको शेयरधनीले पनि ३ प्रतिशतले गुमाएका छन्। अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, अरुण काबेली, हिमालयन पावर पार्टनर, स्वदेशी लघुवित्त, नेपाल टेलिकम, रैराङ्ग हाइड्रोपावर, र मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि दुई प्रतिशत बढीले घटेको छ । 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।