२२ जेठ / अर्थ र व्यापार - आज शेयर बजारमा कारोबार बन्द हुने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद उलफित्रको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर कारोबार नहुने भएको हो ।
सार्वजनिक विदाका कारण सरकारी स्वामित्वको नेप्से बुधबार बन्द रहनेछ । अब बिहीबार मात्र बजार खुल्नेछ । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया