logo

शेयर दलालहरुले आमलगानीकर्ता सरह शेयर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउने

    1173   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - आफ्नै कार्यालयबाट शेयर दलालहरुले शेयर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । निर्देशिका मार्फत शेयर दलालहरुलाई आम लगानीकर्ता सरह शेयर कारोबार गर्न पाउने व्यवस्था गर्न लागिएको हो । यसका लागि निर्देशिकाको मस्यौदा समेत तयार भैसकेको छ ।

अहिले शेयर दलालहरुले आफ्नो कार्यालयबाट आफ्नो नाममा शेयर कारोबार गर्न नपाउने व्यवस्था छ । यसका साथै शेयर दलालको कार्यालयमा कार्यरत कर्मचारी र तिनका एकाघर परिवारका नाममा समेत शेयर किनबेच गर्न नपाउने व्यवस्था छ ।
उल्लेखित व्यवस्थाले शेयर दलालहरुले आफ्नोबाट नभई अरु शेयर दलालकोबाट शेयर कारोबार गर्दै आएका छन् । यसले बजारलाई सकारात्मक भन्दा नकारात्मक असर पारेको भन्दै यस अघिदेखि नै चर्चा चुलिएको थियो ।

बजारलाई स्वच्छ बनाउनका लागि  यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ । बजार निर्माताको काम अघि बढाउन धितोपत्र बोर्डले नेप्सेलाई काटेको पत्रका आधारमा नेप्सेले बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो । नेप्सेका अनुसार शेयर दलालले तोकिएको मापदण्ड कायम गरी बजार निर्माताको काम पनि गर्न पाउने छन् । यस क्रममा शेयर दलाल आफैंले शेयर कारोबार गर्नु पर्ने भएकाले सामान्य किसिमका कारोबार पनि आफ्नै दलाल कार्यालयबाट गर्न पाउने व्यवस्था गरिएको हो । यसका लागि निर्देशिका नै जारी गर्ने तयारी भएको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डलाई बजार निर्माताको कामका साथै दोस्रो बजारमा शेयर दलालहरुको सक्रियतालाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार शेयर दलालहरुले मार्केट डिलरका साथै आफ्ना लागि पनि शेयर कारोबार गर्न पाउने व्यवस्था गर्न लागिएको हो । नेप्सेका अनुसार बजार निर्माताका रुपमा शेयर दलालले गर्ने शेयर कारोबारको हिसावकिताब भने अलग राख्नु पर्ने हुन्छ । तर आफ्ना लागि गरिने कारोबार भने सामान्य लगानीकर्ताको सरह हुने व्यवस्था निर्देशिकाको मस्यौदामा छ । नेप्सेले धितोपत्र बोर्डमा उक्त मस्यौदा पठाइसकेको जनाएको छ । अब धितोपत्र बोर्डले उक्त मस्यौदालाई अन्तिम रुप दिए पछि यो व्यवस्था कार्यान्वयनमा आउने छ ।

 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।