logo

आइतबारदेखि खरिद बिक्रि हुने गरि ८ लाख १६ हजार बोनस शेयर नेप्सेमा सुचिकृत

    1408   पटक पढिएको

२४ फागुन /अर्थ र व्यापार - ८ लाख १६ हजार ३९९ कित्ता बोनस शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सले वितरण गरेका बोनस बिहीबार सूचीकरण गराएका हुन् । सूचीकरणसँगै दुबै कम्पनीका उक्त बोनस शेयर आइतबारदेखि खरिद बिक्री गर्न सकिनेछ ।

सेन्ट्रल फाइनान्सले ६ लाख ६३ हजार ८४६ कित्ता बोनस नेप्सेमा सूचीकृत गराएको छ । फाइनान्सको गत मंसिर मंसिर १ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८.७६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट फाइनान्सले ७ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले चैत ५ गते साधारण सभा आह्वान गरेको छ ।
यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंकले एक लाख ५२ हजार ५५३ कित्ता बोनस सूचीकरण गराएको हो ।बैंकको गत पुस २८ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ५.०६४ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गरेको थियो । सोही शेयर बिहीबार कारोबारका लागि सूचीकरण भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।