२० चैत्र /अर्थ र व्यापार - शेयर बजारमा आज नेप्से परिसूचक २.०१ अंकले बढेर ११६५.८४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि शुन्य दशमलव ५७ अंकले बढेर २ सय ४८ दशलमव ७२ को बिन्दुमा पुगेर बन्द भएको छ ।
आजै १ सय ७० कम्पनीको २० लाख ४ हजार ४४१ कित्ता शेयर खरिदबिक्री भई ५३ करोड ९३ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार बढेको छ । यस दिन सबैभन्दा बढी कारोबार एनआईसी एयिसा बैंकको भएको छ । जसको कारोबार आज ४ करोड ३७ लाख ३५ हजार रुपैयाँ बराबरको भएको छ ।त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ४ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको छ ।
जसको शेयर मुल्य आज ३ सय ८३ रुपैयाँ रहेको छ । साथै सर्वाधिक गुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ९ दशमलव ८४ प्रतिशतले घटेको छ । जसको आज शेयर मूल्य ११९ रुपैयाँ रहेको छ ।
यस दिन १० वटा उपपरिसुचकहरुमा २ वटा समूह मात्र बढेको छ भने बाँकी ८ वटा समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया