logo

साताको अन्तिम दिन शेयर बजारमा गिरावट, ३९ करोड रुपैयाँको शेयर कारोबार

    1070   पटक पढिएको

२८ चैत्र /अर्थ र व्यापार - साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.५९ अङ्कले घटेर ११८४.०२ अंकमा ओर्लिएको छ । पाँच कारोबार दिनमा शेयर बजार तीन दिन बढ्यो भने दुई दिन घटेको छ । ११६५.२० अंकबाट सुरु भएको साप्ताहिक कारोबार अन्तिम दिन ११८४.०२ अंकमा पुगेर बन्द भएको छ । साताभरिमा सूचक १९ अङ्कले बढेर बन्द भएको हो ।

बिहीबार १७० कम्पनीको १२ लाख कित्ता शेयर कारोबार भएको छ । ३९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा बढी कुमारी बैंकको शेयर खरिद बिक्री भएको छ । कुमारी बैकको मात्रै करिब चार करोड रुपैयाँको शेयर कारोबार भएको छ। बैंकले वैशाख २६ गते साधारणसभा डाकेलगत्तै लगानीकर्ताले शेयर खरिद बिक्री चाप बढाएका छन् । साधारणसभामा बैकले दुई आर्थिक वर्षको लाभांश पारित गर्दै छ । बैंकले २१.१५ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । 

बिहीबारको कारोबारमा सबैभन्दा बढी एभरेस्ट इन्स्योरेन्स कम्पनीको मूल्य बढेको छ । प्रति कित्ता करिब १० प्रतिशत मूल्य बढ्यो । धितोपत्र बोर्डले तीन सय प्रतिशत हकप्रद निष्कासन स्वीकृति दिए लगत्तै बजार मूल्य बढेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।