२५ चैत्र /अर्थ र व्यापार - आज सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको छ । कुल १७० कम्पनीको २ करोड ९५ लाख १ हजार ४७८ कित्ता शेयर ९० करोड ६९ लाख ३६ हजार ७६३ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा करिब अर्बको हाराहारीमा धेरै समयपछि कारोबार भएको छ ।
विगतमा लगातार ओरालो लागेको नेप्से पछिल्ला दिनमा सुधार हुँदै लयमा फर्किन थालेको छ । यस दिन कारोबारमा आएका १० समूहमध्ये होटल र अन्य समूहबाहेक सबै समूह वृद्धि भएका छन् । आज पनि एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । साथै समुन्नती माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । समग्र परिसूचक वृद्धि हुँदा राधी विद्युत् कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।
तपाईको प्रतिक्रिया