२१ जेठ / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ३.५६ अंकले घटेर १२८९.२८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १ सय ७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर खरिदबिक्री भई ७१ करोड ५४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ६२ अंकले घटेर २ सय ७४ दशलमव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार १२ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको भएको छ ।
आज सर्वाधिक कमाउनेमा ताँरागाँउ रेजेन्सी होटलको भएको छ । जसको शेयर मूल्यमा ६ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ३८ प्रतिशतले घटेको छ ।
आज दिन १२ वटै उपपरिसुचकहरुमा ४ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ ।
तपाईको प्रतिक्रिया