logo

सोमबार शेयर कारोबार रकममा झिनो सुधार , नेप्से परिसुचक भने दोहोरो अंकले घट्यो

    1215   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - शेयर बजार परिसूचक नेप्से सोमबार १०.८६ अंकले घटेको छ । यसदिन अपर तामाकोशीको शेयरमूल्यमा ऋणात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयर आइतबार पनि ६.१० प्रतिशतले घटेर बन्द भएको थियो ।

आइतबारदेखि घट्न थालेको अपर तामाकोशीको शेयरमूल्यले सोमबार पनि निरन्तरता पाउँदा आइतबार बढेर प्रतिकित्ता ३४२ रुपैयाँसम्ममा कारोबार भएको शेयर २६३ रुपैयाँमा झरेको हो । आइतबार भने २९२ रुपैयाँमा कारोबार बन्द भएको थियो ।
सोमबार शेयर कारोबार रकममा भने झिनो मात्र सुधार देखिएको छ । आइतबार ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से निरन्तर ओरालो लाग्दा ११६८.०६ बिन्दुसम्म झरेको हो । पछिल्लो समय पुस ११ गते नेप्से बढेर १२१६.२७ अंकसम्म पुगेको थियो ।
सोमबारको बजारमा १६६ कम्पनीका १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका ११ उपसूचकमध्ये फाइनान्सको सूचक बाहेक सबै ऋणात्मक देखिएका छन् । फाइनान्सको सूचक मात्रै ०.६५ अंकले बढेको छ ।

सोमबार सबैभन्दा धेरै जीवन बीमा कम्पनीको सूचक ६१.६८ अंकले घटेको छ । निर्जीवन बीमाको ४२.६७, हाइड्रोपावरको ४२.१७, माइक्रोफाइनान्सको २५.५१ अंकले ऋणात्मक देखिए । यस्तै उत्पादन तथा प्रशोधन २३.५२, होटल्स १९.५२, अन्य ११.६, विकास बैंक ७.७६, वाणिज्य बैंक ४.६२ र ब्यापार समूहको सूचक २.९६ अंकले ओलारो लागेका हुन् । सोमबार अपर तामाकोशीको सबैभन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तैएनआइसी एशिया बेंकको संस्थापक शेयर १ करोड ९१ लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड ७० लााख रुपैयाँ बराबरको कारोबार भयो । अन्य कुनै पनि कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट मितेरी डेभलपमेन्ट बैंक र एसबिआई बैंकका शेयरधनीहरुले ३ प्रतिशतभन्दा बढीले कमाएका छन्। सेन्ट्रल फाइनान्स, कन्काई विकास बैंक, पोखरा फाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले बढेका छन् ।

नेप्सेमा कारोबार खुले देखिनै सर्किट ब्रेक लाग्दै आएको अपर तामाकोशी शेयरमूल्य सोमबार सबैभन्दा धेरै घटेको छ । आइतबारको बजारबाट ६.१० प्रतिशतले ओरालो लागेको तामाकोशीको शेयरमूल्य आज ९.९३ प्रतिशतले घटेको हो । मिर्मिरे लघुवित्तको ८.१७, आँखुखोला जलविद्युतको ६.८९, नेशनल हाइड्रोपावरको ४.३४ र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य ४.३१ प्रतिशतले घटेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।