३० जेठ / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबार देखि लागू हुने गरी एईओएन रोक्का गर्ने भएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने टीएमसएसमा हुने ‘अल अर नन’ वा एओेएन को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको हो ।
ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष रहेको छ । टाठा–बाठा र ठूला लगानीकर्ताहरुले कृत्रिम अर्डर बस्ने गरेको पाइएको र यसले सोझा लगानीकर्ताहरु झुक्किने र फस्ने हुनसक्ने भएका कारण नयाँ व्यवस्था गरिएको वोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले वताए ।
टीएमएसमा आईओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।
तपाईको प्रतिक्रिया