२६ जेठ / अर्थ र व्यापार- सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न आगामी असार १० गते विशेष साधारण सभा डाकेको छ । कम्पनीले तीनकुने स्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा बिहान ११ बजे विशेष साधारण सभा डाकेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सो को बोनस शेयरको कर प्रयोजनार्थ १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
तपाईको प्रतिक्रिया