१८ कात्तिक/अर्थ र व्यापार– सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड कित्ता शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीको कारोबार बुधबारदेखी खुल्नेछ ।
कम्पनीले जारी गरेको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) सहित उक्त परिमाणमा शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।
सानिमा जनरल इन्स्योरेन्सको शेयरलाई एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया