१७ जेठ / अर्थ र व्यापार- राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आईतवार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
त्यसका लागी कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारणसभामा पेश गर्ने तयारी गरेको छ । हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया