logo

पहिलो कारोबारमै ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट

    1185   पटक पढिएको

६ माघ / अर्थ र व्यापार - दोहोरो अंकले ओरालो लागेको बजारमा पनि ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साविकको जनता बैंक नेपालसँग मर्जर पश्चात बनेको ग्लोबल आईएमई बैंकको पहिलो कारोबारमै सेयर मूल्य ९.७२ प्रतिशतले बढेर सर्किट लागेको हो । 

मर्ज पश्चात बैंकको सोमबार(माघ ६ गते) देखि दोश्रो बजारमा पहिलो कारोबार भएको हो । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २७७ रुपैयाँमा रहेको छ । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकेको मूल्यभन्दा प्रतिकित्ता २५ रुपैयाँले बढी हो । नेप्सले बैंकको पहिलो कारोबारको लागि सेयर मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकेको थियो ।

त्यस्तै, सोमबार सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ९.७७ प्रतिशत बढी अर्थात प्रतिकित्ता १३ रुपैयाँ बढी कमाएका छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।