logo

ब्यक्तिगत ऋण कडाइले शेयर बजारमा हरियाली, ८४ करोडको किनबेच

    943   पटक पढिएको

२१ पुष / अर्थ र व्यापार - राष्ट्र बैंकले ब्यक्तिगत आवधिक कर्जामा कडाइ गरेपछि बैंकहरुले शेयर धितो ऋणलाई प्राथमिकता दिन थालेपछि शेयर बजार उक्लिन थालेको छ। सोमबार बजार १८ अंकले बढेको छ। अब सुचक १२०० अंकमा उक्लिएको छ।

दिनभरीमा ८४ करोड २५ लाख रुपैयाँको कारोबार भएकोछ । कुल १७८ कम्पनीको २६ लाख ८३ हजार ६१० कित्ता शेयर किनबेच भएको हो। ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० वटाको घटेको छ। बाँकी २१ को मूल्य स्थिर छ। ट्रेडिङ बाहेक सबै उपसुचक हरियो भएका छन्। 

राष्ट्र बैंकले दुई साताअघि ब्यक्तिगत आवधिक कर्जामा कडाइ गरेको थियो। ब्यक्तिगत कर्जा कम हुन थालेपछि बैंकहरुले शेयर बजार लक्षित मार्के्टिङ थालेका छन्। यसका लागि केही हदसम्म ब्याज पनि घटाएका छन्। त्यसको प्रत्यक्ष असर बजारमा देखिएको हो। 

एनआइसी एसियाको ८ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सबैभन्दा बढि ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन्। सर्वा्धिक गुमाउनेमा नेको इन्स्योरेन्सका लगानीकर्ता छन्। अपेक्षाभन्दा निक्कै कम लाभांस घोषणा भएपछि शेयर मूल्य पाँच प्रतिशतले घटेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।