१ माघ / अर्थ र व्यापार - लगातार बढिरहेको सेयर बजारमा मंगलबार ब्रेक लागेपनि बुधबार फेरि उकालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २० दशमलब ८५ अंकको सुधार भएको छ।
यो सुधारसँगै नेप्से विन्दु १ हजार २ सय ८४ दशमलब २३ अंकमा कायम भएको छ। बैंकमा तरलता सहज र ब्याजदर समेत तल झर्न थालेपछि सेयर बजार निरन्तर उकालो लागेको थियो।
बुधबार ९० करोड ४८ करोड रुपैयाँको कारोबार भएको छ। पछिल्लो समयमा सेयर कारोबार पनि अर्ब माथि हुन थालेको छ। बुधवार होटल, उत्पादनमूलक र अन्य वाहेक सबै सूचक बढेका छन्। बुधबार बैकिङ समूह २७ दशमलब १६ अंकले बढेर १ हजार १ सय ४३ अंकमा कायम भएको छ।
तपाईको प्रतिक्रिया