logo

नेप्सेमा  आज ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँ बराबरको कारोबार

    1174   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - साताको अन्तिम दिन नेप्से परिसूचक बढेको छ । आज ७.६० अंकले नेप्से परिसूचक बढेको हो । ०.६७ प्रतिशतले परिसूचक बढ्दा ११४८.७८ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ५४ कम्पनीका ९ लाख ९७ हजार ६ सय ७२ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँ बराबरको कारोबार भएको हो ।नेप्से परिसूचक बढेको दिन आज होटल समूह, बित्त समूह र अन्य समूह भने घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । होटल समूह १.८५, वित्त समूह ०.४४ र अन्य समूह २.५७ अंकले घटेको हो ।

त्यसैगरी, बैंकिङ समूह ८.५५, विकास बैंक समूह ८.८७, जलश्रोत समूह ८.८, निर्जीबन बीमा समूह ६५.७८, उत्पादनमूलक समूह ५.३८, लघुबित्त समूह ११.६१ र जीवन बीमा समूह ३०.२७ अंकले बढेको हो ।

बजार बढेको दिन आज नालबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ५.२५ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, सूर्योदय लघुबित्त वित्तीय संस्थाका संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ३.५७ प्रतिशतले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।