logo

नेप्सेको रङ्सँगै लगानीकर्ताको उपस्थिति तलमाथि, ब्रोकर कार्यालयहरु सुनसान  

    1215   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - मंगलबार ०.६७ अंकले शेयर बजार रातो देखिदा कारोबार रकम १९ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ । जसमा प्रभु बैंकको प्रमोटर शेयरको ३ करोड १० लाख रुपैया कारोबार भएको छ । नेप्से सूचक ११२८.१९ अंकमा ओर्लिदा पाँच सूचक घटेका छन् भने ६ वटा सूचक हरियो देखिएको छ । उत्पादनमूलक सूचक १.२४ प्रतिशतले बढेको छ भने अन्यको सूचक सबैभन्दा धेरै ०.७२ प्रतिशतले घटेको छ ।

जेविल्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ७.६३ प्रतिशतले कमाएका छन् भने महालक्ष्मी विकास बैंकका शेयरधनीरुले ३.४८ प्रतिशतले गुमाएका छन् । कारोबारमा मन्दीसँगै ब्रोकर कार्यालयहरु पनि सुनसान हुन थालेका छन् ।

नेप्सेको रङ् सँगै लगानीकर्ताको उपस्थिति तलमाथि हुने एक ब्रोकरले बताए । बजार रातो हुन थाल्यो भने लगानीकर्ता उठेर हिड्न थाल्छन् अनि हरियो देखियो भने लगानीकर्ता ब्रोकर कार्यालयमा आएर बुझ्न थाल्छन् । बजार बढ्ने संकेत देखियो भने शेयर बजारमा चहल पहल सुरु हुन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।