logo

नेप्सेमा ५.६६ अंकको गिरावट, १ अर्ब २५ करोडको कारोबार 

    1258   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ५.६६ अंकको गिरावट आएको छ । आज नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ । 

आइतवार १८७ ओटा कम्पनीको रू. १ अर्ब २५ करोड २७ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ४३ लाख ५२ हजार १० कित्ता शेयर १६ हजार ८४६ पटकको व्यापारमा कारोबार भएको हो । 

कुल कारोबारमा सर्वाधिक हिस्सा हिमालयन बैंक लिमिटेडको संस्थापक शेयरको रहेको छ । बैंकको संस्थापकतर्फको सबैभन्दा उच्च २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । 

आईतबार ब्यापार र निर्जीवन बीमा समूहबाहेकका सबै समूह ओरालो लागेको छ । ब्यापार समुह १३, र निर्जीवन बीमा ३१ अंकले बढेका छन् । 

जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७८ प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य आइतवार प्रतिकित्ता रू ३६ ले बढेर अन्तिम मूल्य रू. ४०४ पुगेको छ । जनरल इन्स्योरेन्सका लगानीकर्ताले करिब १० प्रतिशत मूल्य कमाएका छन् । त्यस्तै आइसिएफसी फाइनान्सको मूल्य ५. २६ प्रतिशतले बढेको छ । 

बैंकिङ ६, होटल १, विकास बैंक २९, जलविद्युत ५, फाइनान्स १, उत्पादन १४, अन्य १, माइक्रोफाइनान्स ११, जीवन बीमा १८ अंकले घटेका छन् । 

रैराङ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७. ५ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको मूल्य ६. २ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।