१६ कात्तिक/अर्थ र व्यापार– आइतबार सेयर बजार ४.७१ अंकले घटेर १६४०.९५ विन्दुमा बन्द भएको छ ।
आइतबार नेप्से सूचक घटे पनि २ अर्ब ९३ करोड कारोबार भएको छ ।
आइतबार घटेको बजारमा हिमालयन उर्जा विकास, नेपाल फाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
आइतबार शिवश्री हाइडोपावर कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको २३ करोड २७ लाख ७२ हजार बराबरको सेयर कारोबार भएको छ भने सर्वाधिक कारोबार गर्नेको सुचीमा अपि पावर र प्राइम कमर्सियल बैंक क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
आइतबार कारोबार भएका कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य यथावत रहेको छ ।
तपाईको प्रतिक्रिया