logo

नेप्सेद्वारा तारा गाउँ रिजेन्सी होटेलको शेयर कारोबार रोक्का

    1246   पटक पढिएको

१ माघ/ अर्थ र व्यापार - तारा गाउँ रिजेन्सी होटेल(हायात)ले लाभांशको सूचना ढिला दिएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोकिदिएको छ । पुस २४ गते १२.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय मंगलबार मात्रै दिएपछि नेप्सेले कारोबार रोकेको हो ।
दोस्रो बजारमा प्रभाव पार्ने सूचना तत्काल दिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुरूप नेप्सेले होटेलको कारोबारलाई दोस्रो बजारमा रोक्का गरिदिएको हो । २४ घण्टाभित्र ढिलो सूचना दिनुको कारण सहित स्पष्टीकरण पेस गर्न नेप्सेले निर्देशन दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिए नियम अनुसार कारवाही हुने नेप्सेले जनाएको छ ।    

लामो समयदेखि शेयर बजारमा होटेलको शेयर सूचीकृत भएपनी शेयरधनीले लाभांश पाएका थिएनन् । गत वर्ष देखि शेयरधनीलाई लाभांश दिन थालेको हो । गत वर्ष होटेलले ७.३६ प्रतिशत नगद लाभांश दिएको थियो ।      

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।