१७ पुष / अर्थ र व्यापार - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आफ्नो ३८औं वार्षिक साधारणसभाआगामी पुस २९ गते मंगलबार बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे शान्तिमार्ग स्थित नेपाल स्टक एक्स्चेञ्जमा बस्न लागेको छ ।
सभाले शेयरधनीलाई चुक्ताको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल नेप्सेको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । सभाले पारित गरेसँगै नेप्सले ४० प्रतिशतका दरले शेयरधनीलाई २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
सभामा जाने प्रयोजनको लागि नेप्सले आगामी पुस १८ गते(शुक्रबार) बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया