७ मंसिर/अर्थ र व्यापार– आईतबार नेप्से सूचक ४.६९ अंकले बढेर १७८२.६१ बिन्दुमा पुगेको छ ।
आईतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पहिलो पटक ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको हो । कारोबार आएका २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
बिहिबार नेप्सेमा ६ अर्ब ११ करोडको कारोबार भएको थियो । आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ५७ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका बैंकिंग, विकास बैंक र अन्य समुह बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
तपाईको प्रतिक्रिया