२३ पुष / अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत भएको छ । एक वाणिज्य बैंकसहित ३ कम्पनीको गरि कुल १ करोड ४६ लाख २५ हजार ४ सय १७ दशमलव ९२ कित्ता शेयर सुचिकृत भएको हो ।
ग्लोबल आईएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५ सय ५७ दशमलव ७९ कित्ता बोनस शेयर , अपि पावरको ५ लाख ६७ हजार कित्ता बोनस शेयर र नेशनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८ सय ६० दशमलव १३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
तपाईको प्रतिक्रिया