८असार /अर्थ र व्यापार - आज शेयर बजाारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १०.०१ अंकले घटेर १२५४.३५ बिन्दुमा झरेको छ । यस दिन १५ लाख ७५ हजार ३४० कित्ता शेयर ४८ करोड १८ लाख ५९ हजार ७४३ रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएकामध्ये विकास बैंक र वित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८५.२७ अंकले घटेको छ । त्यस्तै आइतबार लक्ष्मी बैंकको कारोबार उच्च भएको छ ।
समग्र परिसूचकमा गिरावट आए पनि गुराँस लघुवित्त कम्पनी, गणपति माइक्रोफाइनान्सलगायतका कम्पनीका लगानीकर्ताहरुले अरु कम्पनीका लगानीकर्ताले भन्दा धेरै कमाएका छन् । तर, स्वदेशी लघुवित्त कम्पनी, शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले अरुले भन्दा धेरै गुमाएका छन् ।
तपाईको प्रतिक्रिया