१९ माघ / अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आज दोश्रो पटक हो । उच्च कारोबार भएको बजारमा सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कारोबार रकम सहित नेप्से परिसूचकमा पनि उछाल आएको छ । आइतबारको बजारमा नेप्से परिसूचक २१.२६ अंकले बढेर १३४६.६४ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै उच्च बिन्दु हो ।
बजारमा दुई समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१.५२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ४७, विकास बैंक २८, बैंकिङ् २७ र माइक्रोफाइनान्स २२ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । जीवन बीमा र ट्रेडिङ समूह सामान्य अर्थात क्रमशः १.०९ र ०.६२ अंकले ओरालो लागेका छन् ।
आइतबार तीन लघुवित्तका लगानकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त विकास बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९३, ९.८९ र ९.८८ प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया