२२ पुस/अर्थ र व्यापार– बुधबार सेयर बजार दोहोरो अंकले बृद्धी भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन घटेको बजार १३.०७ अंकले बढेर २१७८.५७ अंकमा पुगेको छ ।
आज २०५ कम्पनीका एक करोड कित्ता सेयर ४ अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएका छन् । १५ कम्पनीको मूल्य स्थिर रहँदा ५५ कम्पनीको मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।
नेपाल लाइफ र शिखर इन्स्योरेन्सको २०/२० करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको १७ करोड, नेपाल टेलिकम र हिमालयन डिष्टिलरीको १५/१५ करोड रुपैयाँको कारोबार भएको छ ।
बुधबार हाइड्रोपावर र व्यापार समूहबाहेक सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ११२ अंकले बढ्दा लघुवित्त समूहको सूचक ५६ अंक र जीवन बीमा समूहको सूचक २४ अंकले बढेको छ ।
कालिका माइक्रोक्रेडिट, जनउत्थान र स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्य घट्ने कम्पनीमा जोशी, नेशनल हाइड्रो र घलेम्दी हाइड्रोपावरको मूल्य ४/५ प्रतिशतले घटेको छ।
तपाईको प्रतिक्रिया