२३ पुस/अर्थ र व्यापार– साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सूचक १५.९१ अंकले बढेसँगै २१९४.४८ बिन्दुमा पुगेको छ ।
आज २०८ कम्पनीको ५ अर्ब ८७ करोड रुपैयाँबराबरको एक करोड १७ लाख कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार सर्वाधिक कारोबार गर्ने कम्पनीमा प्रभु बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २७ करोड, चिलिमे हाइड्रोपवारको २४ करोड, नेपाल लाइफको २३ करोड र एनआइसी एसिया बैंकको २२ करोड रुपैयाँको कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलोपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बिहीबार सर्बाधिक मूल्य घट्ने ४७ कम्पनीमध्ये एभरेष्ट बैंक र खानीखोला हाइड्रोपावरको ३ पैतिशतले घटेको छ।
तपाईको प्रतिक्रिया