२३ मंसिर/अर्थ र व्यापार– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर वजार परिसूचक ९.०४ अंकले घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर १९९५.३५ अंकमा पुगेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले घटेर ३८०.१८ अंकमा पुगेको छ ।
मंगलबार कारोबार रकम घटेको छ । मंगलबार ४८ हजार ८ सय १ कारोबारबाट २ सय १ कम्पनीका १ करोड २५ लाख ६६ हजार ९ सय ६१ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३ सय ८४ रुपैयाँ पुगेको छ । सोमबार ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा भन्दा बढीको कारोबार भएको थियो ।
अन्य सबै समुह घटे पनि हाइड्रोपावर र म्युचुअल फण्ड भने बढेको छ । आज मंगलबार हाइड्रोपावर ८३ दशमलव ८९ अंकले बढेको छ ।
तपाईको प्रतिक्रिया