१७ मंसिर/अर्थ र व्यापार– बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७०.६४ अंकले बढेको छ । एक समय ७७ अंकले बढेको नेप्से अन्ततः ७० अंक बढेर २०७१.०२ अंकमा पुगेर बन्द भएको छ ।
दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४०लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार व्यापार समूह १६ दशमलव ६३ अंकले ओरालो लागेको छ भने अन्य सबै समूह बढेका छन् ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ ।
बैंकिङ समूह ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, हाइड्रोपावर ८८.९९, फाइनान्स ३.७६, निर्जिवन बिमा २४४.८२, उत्पादमूलक ३०३.१२, लघुवित्त २३२.५६, जीवन बिमा ६०८.७३ र म्युचुअल फण्ड ०.०४ अंकले बढेको छ।
तपाईको प्रतिक्रिया