२४ मंसिर/अर्थ र व्यापार– बुधवार नेप्से परिसूचक ३९.६० अंकले घटेर १९५५.७५ बिन्दुमा पुगेको छ ।
बुधवार २०१ ओटा कम्पनीको रू. ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत समूहको १.२५ प्रतिशत बढेको छ । अन्य सबै समूहको परिसूचक घटेको छ । ब्यापार समूहको परिसूचक सबैभन्दा बढी ४.८७ प्रतिशत घटेको हो ।
नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९२ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीकोे रू.४२ करोड ४२ लाख ७२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा अपर तामाकोशीको रू. २५ करोड ९४ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
बुधवार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.५६ प्रतिशत घटेर रू.२५५ कायम भएको छ ।
तपाईको प्रतिक्रिया