२२ मंसिर/अर्थ र व्यापार– आइतबार १२३ अंकले गिरावट आएको सेयर वजार साताको दोस्रो दिन सोमबार ७२.२८ अंकले बढेर २००४.३९ अंकमा पुगेको छ ।
आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो ।
सोमबार ६० हजार ५५ वटा कारोबारबाट १ करोड १९ लाख २० हजार ८ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाँ पुगेको छ ।
आज सोमबार नेप्सेमा कारोबार हुने सबै समूह बढेर हरियाली छाएका छन् । सबैभन्दा धेरै व्यापार समूह ६.५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह ६.०४ प्रतिशतले बढेको छ ।
यसैगरी, बेंकिङ २.२३, होटल ३.०५, विकास बैंक २.०२, हाइड्रोपावर ५.९९, लघुवित्त४.३ प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया