logo

नेप्सेमा ४.१३ अंकको गिरावट, कमाउनेमा वित्त समूहका लगानीकर्ताहरु

    1128   पटक पढिएको


१६ असार/अर्थ र व्यापार– बुधवार नेप्से परिसूचक नेप्से ४.१३ अंकले घटेर २८२३ विन्दुमा बन्द भएको छ ।

मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पछि नेप्से २८४४.१९ अंकसम्म पुगेको थियो । उतार–चढावपुर्ण भएको नेप्से एक समय झरेर २७८२ अंकसम्म पुगेको थियो ।

बुधवार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारका आधारमा नेपाल इन्स्योरेन्सको सबैभन्दा बढी ३० करोडको कारोबार हुँदा मूल्य ३.३ प्रतिशतले बढ्यो । दोस्रोमा एनएलजी इन्स्योरेन्सको २१ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ३.६ प्रतिशतले बढेको छ । 

आज वित्त समूह र विकास बैंकका लगानीकर्ताले सर्बाधिक कमाएका छन् । विकास बैंक १३६, फाइनान्स ११८, जलविद्युत २, निर्जीवन बीमा ५, उत्पादन ५७ र अन्य १८ अंकले बढेका छन् । भने बैंकिङ ४, ब्यापार २२, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४७, जीवन बीमा ११२ र लगानी समूह २ अंकले घटेका छन् । 

बुधवार पोखरा फाइनान्सको मूल्य सर्बाधिक १० प्रतिशतले बढेको छ । कम्पनीको मूल्य पनि प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । १० प्रतिशतकै हाराहारीमा कमाउनेमा नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स, सेन्ट्रल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स रहेका छन् ।

आइसिएफसी, श्री इन्भेष्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स र कर्णाली विकास बैंकको मूल्य पनि ७ प्रतिशत धेरैले बढेको छ । 

बुधवार जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । खानीखोला हाइड्रोको मूल्य ३.३ प्रतिशतले घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।