१२ पुस/अर्थ र व्यापार– आइतबार सेयर बजार परिसूचक नेप्से ३९. ९ अंकले घटेर १९९८ बिन्दुमा बन्द भएको छ ।
यसअघि दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ४ अर्ब ६२ करोडको बारोबार भएको छ ।
आज बैंकिङ २३, ब्यापार ७, होटल ९३, विकास बैंक १०, जलविद्युत ३०, फाइनान्स ५, निर्जीवन बीमा २३८, उत्पादन ४६, अन्य ४३, माइक्रोफाइनान्स ४१, जीवन बीमा ५१९ अंकले घटेका छन् ।
आईतबार नारायणी विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशतले घटेको छ । त्यस्तै सोल्टी होटलको मूल्य ५.८५ र विशाल बजार कम्पनीको मूल्य ५.५ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा नविल बैंकको ३९ करोड रुपैयाँको कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया