११ मंसिर/अर्थ र व्यापार– साताको अन्तिम कारोबारको दिन नेपाली सेयर बजार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।
साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार दवैले ऐतिहासिक रेकर्ड कायम भएको हो।
बिहीबार नेप्से परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो । यस अघि २०७३ सालमा नेप्से परिसूचक १८८१.४५सम्म पुगेको थियो ।
बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.८५ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको छ । बिहीबार दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबार दिनभर कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च कारोबार हो ।
तपाईको प्रतिक्रिया