८ पुस/अर्थ र व्यापार– बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.०४ अंकले बढेर २०६८.४५ अंकमा पुगेको छ ।
बुधबार ५१ हजार ३ सय २ वटा कारोबारबाट २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता सेयर किनबेचबाट ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २ सय १५ रुपैयाँको बारोबार भएको छ ।
बुधबार ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२४ अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचक बढेपनि व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सब–इन्डेक्सहरु घटेको छ । आज जीवन बिमा ३९४.०७, बैङ्किङ क्षेत्रको कारोबार २४.२७ र म्युचुअल फण्ड ०.०७ अंकले बढेका छन् ।
नविल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५१ प्रतिशत लाभांश दिने प्रस्तावका कारण लगानीकर्ताहरू आकर्षित हुँदा यसको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात् १३५ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया