logo

लगातार तीन दिनदेखी सेयर बजारमा गिरावट, सोमबार सुचक र कारोबार दुवै घट्यो

    1371   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार– सोमबार सेयर बजार सुचक र कारोबार दुवै घटेको छ ।

आइतवार १६४०.९५ विन्दुमा बन्द भएको सेयर बजार सोमबार सोमबार सुचक ३.३३ अंक घटेर १६३७.६३ विन्दुमा बन्द भएको छ ।  

आइतवार २ अर्व ९३ करोडको सेयर कारोबार भएको थियो भने सोमबार २ अर्व ४५ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ । आज आइतवारको तुलनामा कारोबार रकम समेत घटेको छ । सोमबार १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर कारोबार भएको छ । 

प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख ९७ हजारको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल बैंकको ८ करोड १६ लाख बराबरको सेयर कारोबार भएको छ । 

सोमबार कारोबार भएका १२ उपसमुहमा चार समुहको बाहेक सबै समुहको सुचक बढेको छ । सबैभन्दा बढी व्यापार समुहको सुचक ३.०६ प्रतिशत बढेको छ भने लघुवित्तको पनि २.३९ प्रतिशत बढेको छ । बिशाल बजार, सारथी नेपाल लघुवित्त, गुँरास लघुवित्त र शिवश्री हाइडोपावरको सेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

छिमेक लघुवित्तको संस्थापक सेयर, जनरल इन्स्योरेन्सको सेयर मुल्य घटेको छ । कारोबार भएका कम्पनीमध्ये ७६ कम्पनीको मुल्य बढेको छ भने ७८ को घटेको छ । १८ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।