logo

मंगलबार नेप्से ५ अंकले घट्यो, ६ अर्ब रुपैयाँको कारोबार 

    1109   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार– मंगलबार नेप्से ५ अंकले घटेर २०६१ अंकमा बन्द भएको छ । आज ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।

आज माइक्रोफाइनान्स समूह ५९, जीवन बीमा समूह ५१ अंकले बढे । त्यस्तै बैंकिङ समूह १ अंकमुनि हरियो रह्यो। भने ब्यापार ५४, होटल २०, विकास बैंक २४, जलविद्युत १८, फाइनान्स ६, निर्जीवन बीमा ८१, उत्पादन ११५ र अन्य समूह १८ अंकले घटकोे छ ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेर २२६५ कायम भएको छ ।

त्यसैगरी, पुनर्बीमा कम्पनीको ३६ करोडको सेयर किनबेच भएको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेर १६२७ कायम भएको छ । नेपाल बैंकको २२ करोडको सेयर कारोबार भएको छ ।

ग्लोबल आइएमई लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गुराँस लघुवित्त, माहुली लघुवित्तको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४.७ प्रतिशत र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२ प्रतिशत मूल्य गुमाए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।