२९ मंसिर/अर्थ र व्यापार– सोमबार सेयर बजार परिसूचक ५६.७२ अंकले बढेपछि २०६७.१७ अंकको नयाँ रेकर्ड बनेको छ ।
सोमबार सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले बढेर ३८८.१६ अंकमा पुगेको छ । आज २०२ कम्पनीको १ करोड २८ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आज जलविद्युत् समूहको सेयर २१.१५ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । बैंकिङ समूहको सूचक २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२ अंकले बढेको छ ।
त्यस्तै, फाइनान्स ३.३४, निर्जिवन बिमा ३७९.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, माइक्रोफाइनान्स १३६.२१, जीवन बिमा १ र म्युचुअल फण्ड ०.१५ अंकले बढेको छ ।
सोमबार प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने लिबिर्टी इनर्जी कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।
तपाईको प्रतिक्रिया