२७ कात्तिक/अर्थ र व्यापार– साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १०.८२ अंकले बढेर १७१८.४९ अंकमा पुगेको हो ।
बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले बढेको छ ।
दिनभर ४९ हजार २ सय ७८ कारोबारबाट १ सय ९८ कम्पनीक १ करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ । बुधबार ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार बैंकिङ उपसमूह १०.२१ अंकले बढेको छ भने व्यापार १६४.७१ अंकले बढेको छ । निर्जिवन बिमा उपसमूह र म्यूचअल फण्ड पनि बढेको छ भने अन्य सबै उपसमूह घटेको छ ।
तपाईको प्रतिक्रिया