२६ असोज/अर्थ र व्यापार– साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर बजार सोमबार १.७४ अंकले सामान्य बृद्धी भएको छ ।
आइतबार २ अर्ब ३९ करोडको कारोबार भएकोमा सोमबार एक अर्ब ९४ करोडको मात्र कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । बैंकको १६ करोड ५० लाखको सेयर कारोबार भएको छ ।
वाणिज्य बैंकसँग मर्जर र ऋणपत्र जारी गरेर स्रोत परिचालनको हल्ला चलिरहेको कारणले पनि मुक्तिनाथ विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको हो ।
मुक्तिनाथ पछि सबैभन्दा बढी कारोबार भएको अरुणभ्यालीको सात करोड ७१ लाखको सेयर किनबेच भएको छ ।
सोमवार वाणिज्य बैंक, होटल, ब्यापार, विकास बैंक र लघुवित्त सूचक बढेको छ । बीमा समूह र बाँकी समूहको घटेका छन् ।
तपाईको प्रतिक्रिया