१६ मंसिर/अर्थ र व्यापार– मंगलबार सेयर बजार परिसूचक नेप्से २०००.४० अंकमा पुगेर रोकिएको छ ।
३.३५ अंकले बढेको बजारमा ७ अर्ब ४० करोड ४१ लख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १९७ कम्पनीको १ करोड ८५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।
मंगलबार सेन्सिेटिभ इन्डेक्स १.७७ अंकले घटेर ३८३.७९ अंकमा पुगेको छ । आज अधिकांश सूचक ओरालो लागेका छन् । बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४ अंकले ओरोलो लागेको छ । त्यस्तै फाइनान्स ७.४३, निर्जिवन बिमा ३४ र म्युचुअल फण्डको समूह ०.१८ अंकले घटेको छ।
जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, माइक्रोफाइनान्स १.४३ र बिमा समूह २१६.८३ अंकले बढेको छ।
आज नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले बढी गुमाएका छन् ।
तपाईको प्रतिक्रिया