५ असोज/अर्थ र व्यापार– सोमबार सेयर बजारमा ६ अंकको गिरावट आएको छ । सूचक १५६९ अंकमा झरेको छ । दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।
सोमबार सबैभन्दा बढी नेपाल बैंकको २१ करड ३८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकले साधारणसभाको सुचना सार्वजनिक गरेपछि बैंकको कारोबारमा बृद्धी भएकाृ हो । यसपछि नेपाल इन्स्योरेन्स कम्पनीको १४ करोड ९० लाख रुपैयाँ र रिलायन्स लाइफको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
नबिलसँग मर्जरको चर्चाले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको पनि कारोबार बढेको छ । बैंकको ७ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन बैंकलाई मर्जरका लागि प्रस्ताव गरेको सिभिल बैंकको सेयर मूल्य २ रुपैयाँले बढेर १५९ रुपैयाँ पुगेको छ ।
आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूमहको सूचक झरेको छ । बैंकिङ, होटल, निर्जीवन र जीवन बीमा समूहको सूचक सबैभन्दा बढि झरेको छ ।
आइतबारबाट कारोबार सुरु भएको लिवर्टीको सेयर मूल्य १० प्रतिशतले झरेर २४३ रुपैयाँमा आएको छ । युनाइटेड फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया