logo

नेपालको पूँजी बजारमा विदेशी लगानी भित्र्याउने गरी विधेयक पेश

    1653   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - लगानीकर्ताको प्रमुख माग रहेको शेयर बजारमा बिदेशी लगानी भित्र्याउने सम्वन्धमा सरकारले प्रकृया अघि बढाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, ०७५ संसदले पारित गरेर ऐन बनेपछि नेपालको पूँजी बजारमा बिदेशी लगानीले प्रयोग गर्ने अवसर प्राप्त हुने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवस्थापिका संसदमा नेपालको पुँजी बजारमा समेत वैदेशिक लगानी भित्र्याउने गरी बिधयक पेश गरेको छ ।

बिधयक ऐन बनेर लागू भएपछि गैर आवासीय नेपालीले पूँजी बजारमा लगानी गर्न पाउने छन् । ऐनमा गैर आवासिय नेपालीको लगानी भन्ने बाक्याँश नपरेपनि बिदेशी लगानी अर्थात एफडिआई अन्तर्गत उनीहरूको लगानी पर्ने मन्त्रालयले स्पष्ट पारेको छ । तर बिदेशी लगानी पूँजी बजारको दोश्रो बजारमा मात्र प्रयोग हुने छ । बैदेशिक लगानीबाट साधारण सेयर खरीद गर्न भने पाइने छैन ।

पुँजी बजार बिस्तार र सुधारका लागि सरकारले चालेको यो सकारात्मक कदम हो । लगानीकर्ताको माग बमोजित पूँजी बजारमा बैदेशिक लगानी भित्र्याउन सरकारले नीति तथा कार्यक्रम मै उल्लेख गरेको थियो । ऐन बनेपछि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न र लाभाँश फिर्ता लैजान नीतिगत व्यवस्था तय हुने छ । विधेयकले विदेशी लगानी ल्याउन र फिर्ता लैजान आएको प्रस्ताव १५ दिनभित्र स्वीकृत गरिसक्नुपर्ने प्रस्ताव गरेको छ । तर स्वीकृत नहुने अवस्था आए ७ दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
बिधयकमा विदेशी लगानीकर्ताहरूका लागि एकल विन्दु सेवा सञ्चालन गरी आवश्यक विभिन्न कामहरू उद्योग दर्ता, विदेशी लगानी तथा ऋण स्वीकृति, कम्पनी दर्ता, श्रम स्वीकृति, भिसा एकै ठाउँबाट दिने गरी कार्यालय स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ । तर, सञ्चार माध्यम र सुरक्षामा भने बिदेशी लगानी बर्जित गरिएको छ । संसदमा दफावार छलफल भएर पारित भएको बिधयक राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन बन्ने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।