१३ माघ/अर्थ र व्यापार– मंगलबार सेयर बजार १७.७९ अंकले घटेको छ । १७.७९ अंकको करेक्सनसँगै परिसूचक २४२३ अंकमा झरेको छ ।
मंगलबार ८ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । कम्पनीको मूल्य प्रतिकित्ता २८७२ रुपैयाँ कायम भएको छ ।
दोस्रोमा नेपाल बैंकको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज होटल ५४ र फाइनान्स समूह १३ अंकले बढेको छ । अरु सबै समूहहरु घटेका छन् ।
बैंकिङ ६, ब्यापार ९२, विकास बैंक २९, जलविद्युत २७, निर्जीवन बीमा ९८, उत्पादन ४१, अन्य २६, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ४१ अंकले घटेका छन् ।
गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
सबैभन्दा धेरै शिवश्री हाइड्रोपावरको मूल्य ४.९ प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया