logo

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

    1828   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

तीनवटै कम्पनीको बोनस शेयरको बुकक्लोजसँगै सोमबार नेप्सेले बोनस समायोजन गरी समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३२४ रुपैयाँ मूल्य निर्धारण गरेको छ । आइतबार बैंकको ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यबाट बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।

यस्तै सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस समायोजनपछि प्रतिशेयर २१७ रुपैयाँ मूल्य तोकिएको छ । फाइनान्सको शेयर आइतबार २३२ रुपैयाँमा अन्तिम पटक कारोबार मुल्यको आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यस्तै,  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २.८५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता शेयरमूल्य ३६९ रुपैयाँ तोकिएको छ । कम्पनीको आइतबार ३८० रुपैयाँमा अन्तिम पटक भएको शेयर कारोबारको आधारमा अन्तिम मूल्यबाट बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

शुक्रबार समायोजित भएको मूल्यका आधारमा नै आइतबार तीनवटै कम्पनीको शेयर कारोबार खुल्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।