४ माघ/अर्थ र व्यापार– आइतबार सेयर बजार साढे २८ अंकले बढेर २३१५ अंकमा पुगेको छ ।
दिनभरीमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युतबाहेक सबै उपसूचक बढेका छन् ।
नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । दिनभरीमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।
जलविद्युत सूचक घटेपनि यसअन्तर्गतका १६ कम्पनीको मूल्य बढेको छ । २० कम्पनीको घटेको । यो समूहको ३५ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको ।
तपाईको प्रतिक्रिया