२६ पुस/अर्थ र व्यापार– आइतवार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ विन्दुमा पुगेको छ ।
आइतवार २०६ ओटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको रू.६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको शेयर कारोबार भएको छ ।
आइतवार प्रभु बैंकको सर्वाधिक रू. ४० करोड २९ लाख ९१ हजार बरावरको शेयर कारोबार भएको छ । कुमारी बैंकको रू. ३० करोड ४५ लाख बढीको कारोबार गर्दै दोस्रोमा रहे ।
आज कारोबारमा आएका १२ ओटा समूहमध्ये जीवन बीमा कम्पनीहरुको समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३.९८ प्रतिशत र बैकिङ समूहको परिसूचक ३.५९ प्रतिशत वृद्धि भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ ।
तपाईको प्रतिक्रिया