logo

सोमबार नेप्से ८.५७ अंकले बढ्यो, ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार 

    1103   पटक पढिएको


१३ पुस/अर्थ र व्यापार– सोमबार सेयर बजारको परिसूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ।

हिजो ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज कारोबार घटेर ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । 

आज ब्यापार ४८, विकास बैंक १०, अन्य समूह ०.९८ अंकले घटेका छन् । बैंकिङ समूह ९, होटल ३, जलविद्युत २, फाइनान्स २, निर्जीवन बीमा ७५, उत्पादन ९७,माइक्रो फाइनान्स ६ तथा जीवन बीमा समूह २९ अंकले बढेका छन् ।

कारोबारको आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३४ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भयो । कम्पनीको मूल्य प्रतिकित्ता २२२४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै नागरिक लगानी कोषको ३२ करोड ३५ लाखको कारोबार भयो । कम्पनीको मूल्य २१ रुपैयाँ घटेर प्रतिकित्ता ५ हजार ८ रुपैयाँ कायम भएको छ ।

एनआइसी एसिया बैंकको ३० करोडको कारोबार भएको छ भने नविलको २४ करोडको सेयर कारोबार भएको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ । राधी जलविद्युतको मूल्य ७.५ तथा एनसिसी बैंकको मूल्य ६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको ऋणपत्र २०८२ को मूल्य ७.६ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।